अर्थ / बाणिज्य

'राजनेता'को प्रतिमा राखेर पार्क बनाउन एक करोड विनियोजन

इकागज |
असार ३, २०७८ बिहीबार १५:२० बजे

काठमाडौँ : प्रदेश १ सरकारले बजेटमार्फत् 'राजनेता पार्क' बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार सार्वजनिक गरेको बजेटमार्फत् प्रदेश १ सरकारले यस्तो कार्यक्रम ल्याएको हो । 

पूर्वप्रधानमन्त्रीहरूको प्रतिमा राखेर पार्क निर्माण गर्ने कार्यक्रम रहेको प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पंकज भुर्तेलले जानकारी दिए । बहालवाला प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्रीको प्रतिमा राखिने उनले बताए । पार्क निर्माणका लागि स्ठान निर्धारण भइ नसकेको उनले बताए । उनले भने, 'पार्कको डिजाइन तयार गर्नमै केही खर्च लागिहाल्छ । त्यसपछि बाँकी काम समेत गरेर एक करोड रुपैयाँ छुट्याइएको हो ।'


प्रदेश सरकारले राजनीतिक व्यक्तित्वहरूको नाममा सञ्‍चालित गैरसरकारी संस्थाहरूलाई समेत अनुदान दिएको छ । पूर्व अर्थसचिव शान्ताराज सुवेदीले संघको रोगले प्रदेशलाई गाँजेको भन्दै टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै भने, 'मुलुकको उन्नयनमा विभिन्न क्षेत्रबाट अमूल्य योगदान दिने श्रष्टाहरूको सम्मान राज्य स्वयंले गर्नुपर्छ। गैरसरकारी क्षेत्रबाट स्थापित संस्थाहरूलाई राज्यले अनुदान बाँड्नु उचित हुन्न भन्दै सङ्घीय बजेटमा यस्तो रकम हटाउन असफल प्रयास गरियो। तर,अब यो रोगले प्रदेशहरूलाई पनि नराम्ररी गाँजेछ।'


Author

थप समाचार
x