चार वर्षपछि पुनः सञ्चालनमा आयो किमाथाङ्का नाका
फाइल तस्बिर
काठमाडौँ- सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।
करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आएको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । किमाथाङ्का नाका पुन: सञ्चालन औपचारिक कार्यक्रम सम्पन्न गरेर फर्केपछि शनिबार सङ्खुवासभामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले कूटनीतिक सम्वादपछि कोभिडका कारण बन्द भएको नाका खुलाउन सफल भएको बताए ।
चीनको छिन्ताङमा भएको कार्यक्रमका १४ वटै परम्परागत नाका खुल्ला गर्ने औपचारिक घोषणा भएको उनले बताए । परराष्ट्रमन्त्री श्रेष्ठले तत्कालै सातवटा नाका खुल्ला भइसकेको र अन्य सात वटा नाका खोल्नका लागि मिति तय भइसकेको धारणा राखे । उनले चीन जाने नेपालीका लागि भिसा शुल्क नि:शुल्क गर्ने सहमति भइ कार्यान्वयन नै भइसकेको जानकारी दिए ।
चीन सरकारले कोभिड महामारीको कारण देखाउँदै किमाथाङ्का नाका बन्द गरेको थियो । नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया