अर्थ / बाणिज्य

आज बजेट भाषण

१९ खर्ब हाराहारीमा बजेट आउँदै, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री पुन

इकागज |
जेठ १५, २०८१ मंगलबार ७:१५ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आज बजेट ल्याउँदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिब १९ खर्बको हुने बताइएको छ । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।


बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री पुन दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ । यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, पूर्व लडाकुलाई रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रममा पनि बजेटमा ल्याइँदैछ ।

त्यस्तै १० लाख जनालाई रोजगारी दिने कार्यक्रम बजेट समेटिएको छ भने विदेशबाट फर्किएका १ लाख युवालाई रोजगारी दिने कार्यक्रम बजेटमा समेटिएका छन् ।  


Author

थप समाचार
x