अर्थ / बाणिज्य

बजेट भाषण ३ बजेदेखि हुने

इकागज |
जेठ १५, २०८१ मंगलबार ११:५० बजे

काठमाडौं - बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।

यस अघि आज अपरान्ह १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।


आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।  संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्‍बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यदेश टुंग्याउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।

सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरूले आज समितिमा बस्ने नेताहरूको नाम बुझाउने छन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।

आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।
 


Author

थप समाचार
x