बजेट
कृषिमा लगानी दशकको घोषणा
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई 'कृषिमा लगानी बर्ष' घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।
उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।
कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया