वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् ।
मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान गरिएको पनि बताए । ‘वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण रु १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया