अर्थ / बाणिज्य

नागरिक उड्डयन मन्त्रालयका लागि ३ अर्ब ७७ करोड बजेट

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:५७ बजे

काठमाडौँ- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,भरतपुर विमानस्थल,सुर्खेत विमानस्थल लगायतको स्तर उन्नतिको काम गर्ने बताए। भरतपुर विमानस्थलको काम आगामी वर्ष सक्ने र यसको लागि ३६ करोड बजेट विनियोजन गरिएको पनि उनले घोषणा गरे।



Author

थप समाचार
x