अर्थ / बाणिज्य

सरकारी डेटा सेन्टरको स्तरोन्नति हुने

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:५८ बजे

काठमाडौँ : सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने घोषणा गरेका हुन्।

अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु राखिने गरिएको छ भने हेटौँडामा यसैको डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चालनमा रहेको छ।



Author

थप समाचार
x