अर्थ / बाणिज्य

विपन्‍न नेपालीको औषधि उपचारका लागि ३ अर्ब रुपैयाँ

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:३० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सरकारले आगामी आव ०८१/८२ का लागि विपन्नको उपचारका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ। मंगलवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा विपन्न उपचार सेवाका लागि ३ अर्ब रुपैयाँ छुट्याएको बताएका हुन्।

विपन्न नागरिकको औषधि उपचारबापत मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया गरी ८ प्रकारका कडा रोगका विरामीलाई सरकारले मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।



Author

थप समाचार
x