अर्थ / बाणिज्य

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:२८ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । उनले टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए । साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए ।


त्यस्तै उनले खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताए ।  


Author

थप समाचार
x