अर्थ / बाणिज्य

सरकारले सहकारी सञ्चालक र एकाघरको सदस्यको धितो सुरक्षणबाट पाँच लाखसम्मको बचत फिर्ता गर्ने

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

कानुन संशोधन गरी सिद्धान्तअनुसार सहकारी सञ्चालनको नीति बनाइने पनि बताए ।


त्यस्तै बचत तथा ऋण सहकारीको नियमनको लागि नियामक स्थापना गरिने र एक आपसमा गाभिन सहजिकरण गरिने बताए ।


Author

थप समाचार
x