अर्थ / बाणिज्य

द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:४५ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् । 


उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  


Author

थप समाचार
x