सरकारले एमबीबीएस पढ्न शैक्षिक कर्जा दिने
फाइल तस्बिर
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
उनका अनुसार उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिनेछ ।
‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ' अर्थमन्त्री पुनले भने 'सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया