अर्थ / बाणिज्य

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' का लागि ८७ करोड बजेट

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:५५ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिइन् ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।


Author

थप समाचार
x