निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड बजेट
तस्विरः फाइल फोटो
काठमाडौँ- सरकारले निर्माण सम्पन्न भएका ५, १०, १६ शय्याका स्थानीय तह अस्पताललाई मापदण्ड बनाएर सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार पेश गरेको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट प्रस्तुत गर्दै निर्माण सम्पन्न ५, १०, १६ शय्याका स्थानीय तह अस्पताललाई मापदण्ड बनाएर सञ्चालन गरिने बताएका हुन् ।
यसैगरी निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पुनले जनाएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया