अर्थ / बाणिज्य

पेट्रोल, डिजेल र मट्टितेलको घटेको मूल्य आजदेखि लागू हुने

इकागज |
जेठ १९, २०८१ शनिबार ७:२९ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजबाट लागु हुने भएको छ । 

निगमले शुक्रबार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको थियो । 


निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको जनाएको छ ।

मूल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

भारतबाट आएको नयाँ मूल्य सूचीमा मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको जनाएको छ ।


Author

थप समाचार
x