अर्थ / बाणिज्य

नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाइयो

इकागज |
जेठ २१, २०८१ सोमबार २०:३५ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको बताइएको छ ।


नेपाल एयरलाइन्सकाका अनुसार दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट दिइएको छ ।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।


Author

थप समाचार
x