अर्थ / बाणिज्य

सुनको मूल्य घट्यो, तोलाको कति छ ?

इकागज |
जेठ २३, २०८१ बुधबार ११:५९ बजे

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x