अर्थ / बाणिज्य

सुन तोलाको एक लाख ४५ हजार

इकागज |
जेठ २५, २०८१ शुक्रबार ११:५ बजे

फाइल फोटो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

यस अघि बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रूपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x