अर्थ / बाणिज्य

सरकारले थाल्यो मल भित्र्याउन, असारको दोस्रो हप्तासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने

इकागज |
जेठ २५, २०८१ शुक्रबार १२:२४ बजे

काठमाडौँ- वर्षा यामका लागि सरकारले चीन र भारतबाट मल भित्र्याउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असारको दोस्रो हप्तासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने छ ।

हाल ५१ हजार मेट्रिक टन डिएपी मल विशाखापटमबाट निर्यात भइरहेको र नेपाल भित्रिन सुरू गरेको छ ।


त्यस्तै १० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकोत्ताबाट नेपाल आयात भइरहेको जनाएको छ ।

जिटुजितर्फको २५ हजार मेट्रिक टन डिएपी जेठ ७ गतेबाट स्रोत मुलुकबाट नेपाल आउँदै गरेको र असारको दोस्रो हप्ताबाट नेपाल भित्रिन सुरू गर्ने कृषि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २५ हजार मेट्रिक टन डिएपी स्रोत मुलुक चीनबाट चलान भइसकेको र  आज कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने छ ।

त्यस्तै ३० हजार मेट्रिक टन युरीया मल जेठ २७ गते कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिन सुरू हुने कृषि मन्त्रालय जनाएको छ ।


Author

थप समाचार
x