नेपाल स्पा संघको 'ग्लोबल वेलनेस डे २०२४' अवसरमा प्रभातफेरी सम्पन्न
काठमाडौँ- नेपाल स्पा संघले 'ग्लोबल वेलनेस डे २०२४' को अवसरमा विभिन्न कार्यक्रम गरेको छ । शनिबार संघले प्रभातफेरी तथा विभिन्न शारीरिक अभ्याससम्बन्धी कार्यक्रम गरी 'ग्लोबल वेलनेस डे २०२४' मनाएको छ ।
विहान ७:३० बाट ठमेलस्थित सन्चयकोषबाट सुरु भएको प्रभातफेरी ज्याठा छेत्रपाटी पक्नाजोल हुँदै भगवान् बहालमा पुगेर योग अभ्यासको कार्यक्रमसहित समापन गरेको थियो ।
सोही अवसरमा संघका निवर्तमान अध्यक्ष शुभ्लाल थिङ, सङ्ह्का वर्तमान अध्यक्ष सुरेस पुरि तथा महासचिव अमृत थोकरले योग स्पा वेलनेसको माध्यमबाट शारीरिक मानसिक तथा भावनात्मक तनाव तत्काल थकान मेटाएर मन मस्तिष्कलाई स्फूर्ति बनाउने र सकारात्मक विचार दिने कुरा बताएका थिए ।
'ग्लोबल वेलनेस डे' स्वस्थ जीवन र कल्याण प्रवर्द्धन गर्न समर्पित दिन हो । टर्कीका एक कल्याण बेल्गिन अक्सोयद्वारा ग्लोबल वेलनेस डे २०१२ मा स्थापना भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया