अर्थ / बाणिज्य

साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

इकागज |
जेठ २७, २०८१ आइतबार १०:४५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- साताको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज (आइतबार) प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।


त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ  ।

शुक्रबार भने सुन प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको थियो । चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भएको थियो ।


Author

थप समाचार
x