विवरणसहित सेवा केन्द्रहरूलाई सम्पर्कमा आउन कम्पनी रजिष्ट्रारको कार्यालयको १५ दिने सूचना
काठमाडौँ- कम्पनी रजिष्ट्रारको कार्यालयले विवरणसहित सेवा केन्द्रहरूलाई सम्पर्कमा आउन १५ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा केन्द्रहरू नविकरण भएको भए नविकरणको प्रमाण र सेवा केन्द्रको हालसम्मको प्रगतीको व्यहोरासहितको विवरण साथ आउन सूचनामा भनेको छ ।
'(विद्युतीय फाईलिङ्ग) निर्देशिका, २०६९ को नियम १० वमोजिम कम्पनीहरूको तर्फबाट यस कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नुपर्ने विवरण, कागजात, जानकारी र नयाँ कम्पनी दर्ताका लागि निवेदनसमेत विद्युतीय माध्यमबाट पेश गर्ने गरी विभिन्न मितिमा सेवा केन्द्रको रुपमा दर्ता गरिएकोमा सोमध्ये अधिकांश सेवा केन्द्रहरू नविकरण नभई सञ्चालन भएको भन्ने गुनासो आएको अवस्था छ'जारी सूचनामा भनिएको छ'सो सम्बन्धमा यसअघि समेत सूचना जारी गरिएकोमा कुनै पनि सेवा केन्द्र सम्पर्कमा नआएको र सेवा केन्द्रहरुले प्रगती विवरण पेश गरेकोसमेत नदेखिएको अवस्था छ ।
'सेवा केन्द्रहरू नविकरण भएको भए नविकरणको प्रमाण र सेवा केन्द्रको हालसम्मको प्रगति तथा तपशिलको व्यहोरासहितको उक्त सेवा केन्द्रको विवरण साथ यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको कर्मचारी प्रशासन शाखामा Hard copy सहित सम्पर्क राख्नु हुन र यस कार्यालयको [email protected] मा समेत पठाउनु हुन आदेशानुसार अनुरोध छ । अन्यथा कानून बमोजिम भई जाने व्यहोरा समेत जानकारी गराईन्छ' सूचनामा लेखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया