अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

इकागज |
जेठ ३०, २०८१ बुधबार ७:१२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४९ पैसा र बिक्रीदर ८ रूपैयाँ ५३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ८८ पैसा रहेको छ ।


Author

थप समाचार
x