अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ११:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ । 


आज सुन तोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रूपैयाँमै कारोबार भएको थियो ।  त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रूपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x