अर्थ / बाणिज्य

सुन तोलाको १६ सयले बढ्यो

इकागज |
असार २, २०८१ आइतबार ११:३३ बजे

फाइल फोटो

काठमाडौँ - स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो । 
 



Author

थप समाचार
x