अर्थ / बाणिज्य

नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्ने : अर्थमन्त्री पुन

इकागज |
असार ५, २०८१ बुधबार १४:२० बजे

फाइल फाेटाे

काठमाडौँ - अर्थमन्त्री बर्षमान पुनले नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्ने बताएका छन् । 

बुधबार ललितपुरमा युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सूचना प्रविधि लगायत नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत अध्ययन अनुसन्धानमा खर्च गर्ने बताएका हुन् । 


कृषि, जलविद्युत, खानीजन्य र पर्यटनका साथै मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधि क्षेत्र पनि महत्वपूर्ण रहेका उनको भनाइ छ । उनले यस बर्ष १ खर्ब बराबरको सूचना प्रविधि सेवाको निर्यात गर्ने र लाखौं युवाहरूलाई रोजगार दिने गरि सूचना प्रविधि दशकको घोषणा गरिएको जानकारी दिए । 

काठमाडौंलाई आइटी हवको रुपमा बिकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको उनको भनाइ छ । 


Author

थप समाचार
x