अर्थ / बाणिज्य

सुनको मुल्य बढ्यो, तोलाको कति ?

इकागज |
असार ६, २०८१ बिहीबार ११:४८ बजे

फाइल फोटो

काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x