अर्थ / बाणिज्य

सुनको मूल्य स्थिर

इकागज |
असार ११, २०८१ मंगलबार ११:४५ बजे

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । 

यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x