अर्थ / बाणिज्य

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

इकागज |
असार २३, २०८१ आइतबार ११:४८ बजे

फाइल फोटो

काठमाडौँ - स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । 

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । 


चाँदीको मूल्य तोलामा २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ ।


Author

थप समाचार
x