अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो

इकागज |
साउन ३, २०८१ बिहीबार ११:८ बजे

काठमाडौँ- आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो । 


यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x