अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

इकागज |
साउन ४, २०८१ शुक्रबार १२:४ बजे

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x