अर्थ / बाणिज्य

घट्यो सुनचाँदीको मूल्य

इकागज |
साउन ६, २०८१ आइतबार ११:३ बजे

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x