Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

आज सुनचाँदीको मूल्य कति ?

इकागज |
साउन ७, २०८१ सोमबार ११:११ बजे

फाइल फाेटाे

काठमाडौँ - आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।

सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १ हजार ७ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x