अर्थ / बाणिज्य

कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
साउन ९, २०८१ बुधबार १०:३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै खरिददर १३३ रुपैयाँ ६१ पैसा कायम भएको छ । 


बुधबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ । 

उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ५६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ६० पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा कायम गरेको छ ।

यसैगरी बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ०३ र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। 


Author

थप समाचार
x