अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

इकागज |
साउन ९, २०८१ बुधबार ११:१३ बजे

काठमाडौँ- आज नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x