अर्थ / बाणिज्य

डलरको भाउ सामान्य बढ्यो, युरो घट्यो

इकागज |
साउन १०, २०८१ बिहीबार ८:२२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम गरिएको छ । यसअघि बुधबार यसको खरिदकूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २१ पैसा कायम भएको थियो । अघिल्लो दिनको तुलनामा डलरको भाउ सामान्य बढेको छ । 


बिहीबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसाले घटेको हो । यसअघि बुधबनर युरोको खरिददर १४५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।  

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा पाइन्छ । 

उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा कायम गरेको छ ।

यसैगरी बिहीबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ११ र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।


Author

थप समाचार
x