अर्थ / बाणिज्य

तोलामा २४ सयले घट्यो सुन

इकागज |
साउन १०, २०८१ बिहीबार ११:४२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २४ सयले घटेको हो ।

छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख ४३ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।


यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ७५० मा कारोबार भइरहेको छ । हिजो सुन १ हजार ८०५ मा कारोबार भइरहेको थियो । 


Author

थप समाचार
x