अर्थ / बाणिज्य

क्यानाडामा खुल्यो नेपाल चेम्बर अफ कमर्स

इकागज |
साउन ११, २०८१ शुक्रबार ११:१५ बजे

काठमाडौँ- क्यानडाको एबी प्रान्तमा रहेको कालगेरी शहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसीसी) खुलेको छ ।  

उक्त चेम्बरको क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, एबी प्रान्तका कानूनमन्त्री मिक्की एमेरीलगायतले उद्घाटन गरेका हुन् ।


कार्यक्रममा क्यानडाको संसदका प्रतिनिधिहरू जर्ज चहल, एसराज ह्यालेन, कालगेरी महानगरपालिकाका–५ का वडाध्यक्ष राज धलिवाल, पूर्वमन्त्री जेरेमी निक्सन, एबी प्रान्तका मुख्यमन्त्रीको सचिवालयका डाक्टर ड्यानियल्स र ह्याप्पी मानको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष माधव दुलाल, एनआरएन, आईसीसी तथा एनआरएन कार्यसमितिका प्रतिनिधिलगायतको पनि उपस्थित थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लसमेत सहभागी थिए ।  

सो अवसरमा एएनसीसीका अध्यक्ष समीर पाण्डेले नेपाल र क्यानडाबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्द्धन, व्यापारिक सम्बन्ध, र दुई देशका सरकारबीचको पुल बन्ने उद्देश्यले अल्बर्टा नेपाल चेम्बरको स्थापना भएको बताए । 

राजदूत पौड्यालले एएनसीसी आर्थिक, सामाजिक, पर्यटन प्रवर्द्धनको विकासमा कोसेढुङ्गा सावित हुनेमा आशावादी रहेको बताउँदै नेपाल सरकारको सहयोग रहने विश्वास दिलाए ।  

एबी प्रान्तीय सरकारका कानूनमन्त्री एमेरीले एएनसीसीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले एएनसीसीमार्फत नेपाल र एबी सरकारबीचको ऐतिहासिक सम्बन्धको शुरूवात भएको पनि बताए ।  


Author

थप समाचार
x