अर्थ / बाणिज्य

मौद्रिक नीति : संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

इकागज |
साउन ११, २०८१ शुक्रबार १३:२२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको जानकारी दिएका छन् ।


चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ । संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेपनि व्यक्तिगत कर्जा १५ करोडको सीमा भने यथावत रहेको गभर्नर अधिकारीले जानकारी दिएका छन् ।

र, यो पनि


Author

थप समाचार
x