अर्थ / बाणिज्य

मृतकका परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

इकागज |
साउन ११, २०८१ शुक्रबार १६:५ बजे

भैरहवा- बुधबार भएको सौर्य एयरलाइन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलाइन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

सौर्य एयरलाइन्स प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधैं जीवन्त एवं चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।'


अध्यक्ष दिपककुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा 'सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरूले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सद्‌भाव सधैं रहने विश्वास दिलाएको' उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरूको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन् । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x