अर्थ / बाणिज्य

मौद्रिक नीति सहज व्यवसायको वातावरण बन्ने गरि आयो - परिषद

इकागज |
साउन १२, २०८१ शनिबार १८:२८ बजे

काठमाडौँ - नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीति सहज व्यवसायको वातावरण बन्ने गरि आएको भन्दै स्वागत गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तिय क्षेत्र समेत संकटमुक्त भइ व्यवसाय गर्न सहज हुने गरि मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो ।


वर्तमान सरकारको पहलमा राष्ट्र बैकले समस्या समाधान हुने गरि मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भन्दै परिषद्ले धन्यवाद समेत दिएको छ । 

चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनको लागि मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए । 

उनले निर्माण क्षेत्रसम्बन्धी आफूहरुको केही मागहरु यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरु पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 


Author

थप समाचार
x