अर्थ / बाणिज्य

कतिमा किनबेच हुँदैछ आज विदेशी मुद्रा ?

इकागज |
साउन १७, २०८१ बिहीबार ८:१९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८ रूपैयाँ ९३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८ रूपैयाँ ५९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ३९ पैसा रहेको छ ।


Author

थप समाचार
x