अर्थ / बाणिज्य

सुन तोलाको डेढ लाख पुग्यो

इकागज |
साउन २१, २०८१ सोमबार ११:९ बजे

फाइल फोटो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा तीन सयले बढेर १ लाख ५० हजार पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ५० हजार पुगेको छ भने तेजावी सुन तोलाको १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 


आइतबार छापावाल सुन १ लाख ४९ हजार ७०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३७ हजार  ७२५ थियो । यता चाँदीको मूल्य पनि बढेको छ । सुन तोलाको १ हजार ५३० पुगेको छ । आइतबार चाँदी १ हजार ७८५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x