अर्थ / बाणिज्य

डलरको मूल्य १३४ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
साउन २३, २०८१ बुधबार ७:५१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ २२ पैसा र बिक्रीदर ९ रूपैयाँ २६ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १८ रूपैयाँ ८३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ ३१ पैसा रहेको छ ।


Author

थप समाचार
x