असार ३१ गते नेको इन्स्योरेन्सको २५ औं साधारण सभा
काठमाडौँ : नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा हुने भएको छ । आज असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ औँ साधारण सभा असार ३१ गते बिहीबार गर्ने निर्णय भएको हो । आजको बैठक कम्पनीको ४०७ औँ बैठक हो । साधारण सभा विद्युतीय माध्यम (भर्चुअल) विधिबाट हुने छ । कम्पनीले साधारण भर्चुअल विधिबाट हुने साधारण सभामा सहभागी हुन सबै शेयर धनीलाई आग्रह गरेको छ ।
आजको बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदनसहित सबै वित्तीय विवरणहरुमाथि छलफल गरेर पारित गर्ने प्रस्ताव गरिएको कम्पनीले बताएको छ ।
त्यस्तै कम्पनी ऐनको दफा ११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र लेखापरीक्षकको पारिश्रमिक तोक्ने विषयमा पनि छलफल भएको कम्पनीले जनाएको छ ।
त्यस्तै सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०७६/०७७ को नाफारनोक्सान हिसाबबाट चुक्ता पूँजीको ०दशमलब ८२५ नगद लाभांश कर प्रयोजनको लागि एक करोड ७४ लाख सात हजार चारसय ७० रुपैयाँ पारित गर्ने प्रस्ताव पनि पेश भएको बताइएको छ ।
बैठकमा विशेष प्रस्तावको रुपमा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/०७७ नाफा/नोक्सानको हिसाबबाट प्रत्येक १०० कित्ता बराबर १५दशमलब ५ कित्ता बोनस शेयर जारी गर्ने विषय उल्लेख गरिएको छ । बोनस शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसाब राख्ने बताइएको छ ।
यस्तो छ कम्पनीको सूचना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया