अर्थ / बाणिज्य

डलर १३४, युरो १४८ रूपैयाँमा कारोबार

इकागज |
भदौ ५, २०८१ बुधबार ७:३७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ५ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १३ पैसा र बिक्रीदर ९ रूपैयाँ १७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ५८ पैसा रहेको छ ।


Author

थप समाचार
x