अर्थ / बाणिज्य

बढ्‌यो अधिकांश विदेशी मुद्राको मूल्य, कतिमा हुँदैछ कारोबार ?

इकागज |
भदौ ७, २०८१ शुक्रबार ८:० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा आज अधिकांश देशका मुद्राको मूल्य बढेको छ ।


अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको थियो ।

त्यस्तै युरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबार युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसामा कारोबार भएको थियो ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा किनबेच भएको थियो ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ६५ पैसा रहेको छ । अस्ट्रेलियन डलर पनि बिहीबार एकको खरिददर ९० रूपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ६९ पैसा रहेको थियो ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १८ पैसा र बिक्रीदर ९ रूपैयाँ २२ पैसा रहेको छ । बिहीबार जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा र बिक्रीदर ९ रूपैयाँ २१ पैसामा किनबेच भएको थियो ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसामा बिहीबार कारोबार भएको थियो ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल पनि बिहीबार एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको थियो ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ । युएई दिराम पनि बिहीबार एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ ५४ पैसा रहेको छ । बिहीबार कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ २८ पैसामा खरिदबिक्री भएको थियो ।


Author

थप समाचार
x