अर्थ / बाणिज्य

बैकिंङ क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न प्रभावकारी कानुन आवश्यक- अर्थमन्त्री पौडेल

इकागज |
भदौ ९, २०८१ आइतबार १४:२५ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री विष्णु पौडेलले बैकिंङ क्षेत्रमा देखापरेका विकृतिलाई नियन्त्रणका लागि प्रभावकारी कानुन बनाउन आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैंकिङ कसुर र चेक अनादरका घटनाहरू धेरै नै बढ्दै गएकाले विधेयक छिटो पास गरेर बलियो कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।


 बैंकिङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानुनलाई प्रभावकारी बनाउँदै सजायसमेत तोक्ने गरि विधेयक ल्याइएको उनले बताए । 

बैंकिङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई समेत सरल, व्यवस्थित, व्यवहारिक बनाउनुपर्ने उनले बताए ।  अर्थमन्त्री पौडेलले सहकारीबाट हुने कारोवारलाई समेत बैंकिङ कारोबार मानि विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए । 

सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै अधिकतम दुई वर्षसम्मको कैद सजाय प्रस्ताव गरिएको छ ।  


 


Author

थप समाचार
x