अर्थ / बाणिज्य

युरोको भाउ १५० रूपैयाँ नाघ्दा पाउण्डको भाउ पनि १७७ रूपैयाँ नाघ्यो (सूचीसहित)

इकागज |
भदौ ११, २०८१ मंगलबार ७:१२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ९१ रूपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा र बिक्रीदर ९ रूपैयाँ ३३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८ रूपैयाँ ९० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ ५६ पैसा रहेको छ ।


Author

थप समाचार
x